अमेरिकी राजदूत बेरीले पनि लगाए दसैंको टीका – Nagarikabhiyan : National News

अमेरिकी राजदूत बेरीले पनि लगाए दसैंको टीका

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैंको टीका ग्रहण गरेका छन् । उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन् ।
राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् ।