वीपी जयन्तीको अवसरमा भोक्राहामा पार्टी कार्यालय उद्घाटन
६ श्रावण २०७७, मंगलवार २१:०६
इनरुवा । सुनसरीको भोक्राहा नर्शिङ्ग गाउँ पालिकामा ३८ ओ बि पि स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस गाउँ कार्य समिती पार्टी कार्यालयको चिरोली चोकमा उद्घाटन सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस सुनसरीका सभापति एवम १ न प्रदेशका संसदीय दलका नेता राजिव कोइरालाले पार्टी कार्यालयको उद्घाटन गर्नु भएको थियोे । भने कार्यक्रम समापन गाउँ एकाइका सभापति युवराज दहाले गर्नु भएको छ । सो अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे ।
रक्तदानको कार्यक्रममा गाउँ पालिकाका ८ वटै वाडका मिलाएर जम्मा ५१ जना स्थानीय ब्याक्तिहरुले रक्तदन गरेको थियो ।
कार्यक्रममा जिल्ला उपसभापती हरिलाल मेहता, सचिव केदार भन्डारी ,कोषाअध्यक्ष पन्कज मेहता ,सहसचिब नागेसचन्द्र राई, छेत्रीय सभापती ऐयुब अन्सारी प्रदेश मा ताहिर अन्सारी ,महासमिती सदस्य सुर्यदेब उराँव, जमिल अख्तर मिया ,सुनिल पोखरेल, जीवन बिष्ट, इनरुवा नगर उपमेयर जमुना पोखरेल कोशि उप मेयर अनिता यादव , लगायत व्याक्तिहरुको सहभागी रहेको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया