कोइरालाको छोडी जानेलाई गजल संग्रह र सिलवालको मास्टरको झोला कविता संग्रह लोकार्पण – Nagarikabhiyan : National News

कोइरालाको छोडी जानेलाई गजल संग्रह र सिलवालको मास्टरको झोला कविता संग्रह लोकार्पण

सुनसरी सदरमुकाम इनरुवामा सप्तरंगी साहित्य समाज नेपालको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । साहित्यकारहरुको संस्था रहेको समाजको दोस्रो वार्षिकउत्सवसगैं सप्तरंगी साहित्य समाज नेपालको  प्रदेश १ समितिको आयोजनामा दुई स्रष्टाको कृति र पुस्तकको लोकार्पण गरिएको छ भने कवि विमला पोखरेलको “मेरो मृत्युको इच्छा “ गद्य कविताको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार तथा कवि रमेन्द्रमुनी कोइरालाको छोडी जानेलाई गजल संग्रह र कवि लीलानाथ सिलवालको मास्टरको झोला कविता संग्रह लोकार्पण गरिएको छ । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले पोखरेलको “मेरो मृत्युको इच्छा“ गद्य कविताको भिडियोको किल्कि गरेर सार्वजनिक गर्नुभयो भने कोइरालाको छोडी जानेलाई गजल संग्रह र सिलवालको मास्टरको झोला कविता संग्रहको प्रति लोकार्पण गर्नुभयो । पोखरेलको कविताको निर्देशन तथा छायांकन वरिष्ठ साहित्यकार तथा नाट्यकर्मी भरत गुरागाई बर्बरीकूले गर्नुभएको छ । प्रमुख अतिथि इनरुवा नगरपालिकाको कार्यालयका प्रमुख राजन मेहताले साहित्यको उजागर गर्न राज्य चुकेको भन्दै आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । वहाँले साहित्यकारहरु समाजको गहना र ऐना भएकाले संरक्षण र विकास जरुरी रहेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि समाजका केन्द्रीय अध्यक्ष केशवराज भट्ट सागर, इनरुवा उपप्रमुख जमुना गौतम पोखरेल, प्रगति लेखक संघका राम खरेल, सागर तिमल्सिना, डम्बरुबल्लभ भण्डारी सहितको कार्यक्रममा उपस्थिति रहेको थियो । पोखरेलको कविताको छायांकन पर्दशन सहित सम्मान तथा दशैको शुभकामना आदानप्रादन कार्यक्रम गरेको थियो । साहित्यकारहरूले रचनाबान तथा मन्त्वय राखेको थियो । कार्यक्रम सप्तरंगी साहित्य समाज नेपाल प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका र सृजनामा इनरुवाको सहयोग रहेको थियो भने मिडिया पार्टनरमा सत्य संसार साप्ताहिक पत्रिका, वर्णमाला दैनिक र नागरिक अभियान डटकम रहेको कोईरालाले जानकारी दिनुभयो । कार्यक्रममा इनरुवाका साहित्यकार र पत्रकारहरुको रचना, विचार र कला प्रस्तुत गरेको थियो । गित, गजल, कविता र लघु नाटक सहित प्रस्तुत गर्दै सम्पन्न भएको थियो । कार्यक्रममा इनरुवा नगर क्षेत्र सहित इटहरी उपमहानगरपालिका, झोराहाट, उर्लाबारी, बेलबारी, विराटनगर तथा काठमाण्डौ महानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिती रहेको थियो । सम्पन्न कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने ८० बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । सम्पन्न भएको कार्यक्रममा साहित्यकार कवि तथा मास्टरको झोलाका लेखक सिलवालकी छोरी शोभा सिलवालले पनि आमा कविता बाचन गर्नुभएको थियो । त्यसैगरी इनरुवा उपप्रमुख जमुना गौतम पोखरेल,विराटनगरका भवानी प्रसाद पोखरेल, इनरुवाका किसोर कोईराला, काब्यकार डम्भरुबल्ल्भ भण्डारी, यसोधा अधिकारी, कान्ता पोखरेल भट्टराई, अम्बिका घिमिरे, उमा कार्की, अर्जुन ओखलढुगें , पत्रकार जयकृष्ण यादव, प्रशाक अनुराग, इटहरीका राम खरेल, वरिष्ठ साहित्यकार प्राज्ञ छविनाथ रिजाल र जिवनाथ पोखरेल, विष्णु न्यौपाने लगायतकाले रचना वाचन गर्नुभएको थियो ।