जनमत पार्टीद्धारा बृहत मोटरसाइकल प्रर्दशन – Nagarikabhiyan : National News

जनमत पार्टीद्धारा बृहत मोटरसाइकल प्रर्दशन

राजविराज । जनमत पार्टीले साइकल चोर, मधेश छोड,अख्तियार होशियार भ्रष्टाचारी छाड्न पाइदैन भन्ने मुल नाराका साथ शुक्रबार राजविराजमा बृहत मोटरसाइकल ¥यालि प्रर्दशन गरेका छन ।
जिल्ला पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल ¥यालि राजविराजको बिभिन्न चोकमा साइकल चोर चाहिँदैन ,भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर बिभिन्न नारा लगाउदै हजारोको संख्यामा एउटा मोटरसाइकलमा दुई जना पार्टीका झण्डा ब्यानर लिएर बसेका कार्यकर्ताहरु प्रर्दशन गरेका हुन ।
राजविराज नगरको बिभिन्न भागमा परिक्रमा गरि उनीहरु दशनचोकमा गएर कोण सभाको आयोजना गरिएको छ ।
सो कोण सभामा जनमत पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेशी, महिला जमत संघका केन्द्रीय संयोजक शुशिला यादव, जिल्ला कार्यसमिति महिला सदस्य पिङकी यादव,कोषध्यक्ष इं.शम्भु साह सह–सचिव शिवनन्दन कुशवाह लगायतकाले समबोधन गरेका थिए ।
जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा आयोजित कोण सभामा राजविराजको र्जीण सडक मर्मत हुनुपर्ने,भष्ट्राचारले उनमुक्त गर्न पाउँदैन ।
प्रदेश दुई सरकारले साइकल खरिदमा गरेको भष्ट्रचारको छानबिन गरि कारवाही गनुपर्ने बताएका छन । कार्यक्रम भने जिल्ला सचिव थानेश्वर साहले संचालन गरेका थिए ।