१८ महिनादेखि बन्द रहेको चलचित्र हलहरु खुले
२१ आश्विन २०७८, बिहीबार १६:१९
काठमाडौं । कोरोना भाइरसका कारण १८ महिनादेखि बन्द रहेको चलचित्र हलहरु बिहीबारदेखि खुलेका छन्।
काठमाडौँ, पोखरासहितका ठूला शहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि अंग्रेजी चलचित्र प्रदर्शन गर्दै हल पुनःसञ्चालनमा ल्याइएको हो ।
देशभरिमा खुल्ने हलमा बिहीबार हलिउड चलचित्र ‘फास्ट एण्ड फ्यूरियस ९’ र ‘नोबडि’ प्रदर्शन हुँदैछ।
यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टू डाइ’ प्रदर्शन हुँदैछन्।
चलचित्र संघले लामो समयको प्रयासपछि हल खोल्ने वातावरण तयार पारेको हो।
यसैबीच, अहिलेसम्म ५ ओटा चलचित्रले प्रदर्शनको लागि निवेदन दिएका छन् ।
नेपाल चलचित्र संघ, चलचित्र पत्रकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, कलाकार संघ, वितरक संघ लगायत विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा जम्मा ५ चलचित्रले प्रदर्शनको लागि निवेदन दिएको जानकारी गराइएको छ ।
यसमा शोभित बस्नेतको ‘डाँडाको वर पीपल’, धन्दागिरी, चोर पुलिस, धुम फोर र चुरीफुरी रहेका छन् ।
संघले असोज २० गतेसम्म प्रदर्शनको लागि तयार चलचित्रहरुको सूची चलचित्र संघमा पठाउन आग्रह पनि गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया