बारामा करेन्ट लागेर एक जनाको ज्यान गयो
२० आश्विन २०७८, बुधबार १६:४२
रगञ्ज । बारामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बारा महागढीमाई नगरपालिका -८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५-५० बर्षीय रामेश्वर महतोको ज्यान गएको हो ।
आज बिहान ९:३० बजे बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घटनास्थलमा ज्यान गएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो।
घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि कलैया अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया