सप्तरीको शनिमन्दिर नजिको जङ्गलमा एक युवती मृत फेला
२० आश्विन २०७८, बुधबार १६:२०
सप्तरी । सप्तरीको शनिमन्दिर नजिकै रहेको जङ्गलमा एक युवती मृतावस्थामा भेटिएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका हुन् ।
मुत्यु हुनेमा रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रहेकी प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवतीलाई रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफै रूखमा झुन्डिएको हुन सकिने बताइएको छ ।
घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदानी गत शनिबारदेखि घरबाट बेपत्ता भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया