बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता – Nagarikabhiyan : National News

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दिया ।  बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। नदीमा डुबेका अर्का एक व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ। बागलुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो ।

बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दासमेत जुटेका छन् ।