कोशीमा कागती खेतीको अनुमगन – Nagarikabhiyan : National News

कोशीमा कागती खेतीको अनुमगन

सुनसरीको कोशी गाउँपालिका ५ का किसान असगर अली यतीबेला कागती बालीमा भेटिनुहुन्छ । अलि जति चिन्ता र नतावमा हुनुहुन्थ्यो २०६५ भदौ २ गते आएको विनासकारी कोशीबाढी कारण त्यो भन्दा निकै खुसी हुनुहुन्छ यती बेला । केही समय अगाडिसम्म आफ्नो खेतमा कोशीको बाढीले बगर बनाएपछि केही उत्पदन नहुने अवस्था भएकाले चिन्तामा रहनुभएका अली बाढी पछिको केही वर्षमा धान, सनपाट, मकै, गहुँ खेती गर्दै आएका थिए । त्यसपछि दुई वर्ष अगाडि कोशी गाउँपलिकाका अध्यक्ष ऐयुव अंसारी कृषिमा लगानी गर्ने र बगरमै खेतीको सम्भावनाको अध्ययन र अवलोकन भ्रमण गर्न भारतको राजस्थान गएको थियो । त्यहीबाट सिकेर आएको उपहार स्वरुप कागती खेतीमा ५० प्रतिशत अनुदानको घोषणा गरेकाले अध्यक्ष अंसारीको अनुदान घोषणा अलिका लागि यतीबेला बरदान सावित भएको छ । अलिका अनुसार सुनसरीको कोशी गाउँपालिकाका (तत्कालिन लौकही, पश्चिम कुशाहा, हरिपुर र श्रीपुर )सहितका किसानहरूले २०६५ भदौ २ गते अगाडिसम्म आफ्नो खेतमा धान, सनपाट, मकै, गहुँ खेती गर्दै आएका थिए । तर, कोर्शीको पूर्वी तटबन्ध फुटेपछि बाढीले तीन हजार बढी बिघा क्षेत्रफल बालुवामा परिणत भएको थियो । बगर र बालुवा बनाइदिएसँगै विकल्प खोज्दाखोज्दै किसानले एकदशक बिताए ।आफ्नै नम्बरी जग्गा भए पनि बिक्री नहुने अवस्थामा पुगेपछि उनीहरू विकल्प खोज्न बाध्य भए र त्यसमा गाउँपालिकाले बालुवा हटाउन सहयोग गर्ने कार्यक्रम ल्याएपछि किसानले राहतको महसुस गर्न थाले । बालुवाले पुरिएको खेतमा कस्तो अन्नबाली लगाउँदा उत्पादन हुन सक्छ भन्ने खोजीमा सक्रिय भएका किसानहरू सहित दुईवर्ष अघि कोशीका अध्यक्ष ऐयुव अंसारी पनि भारतको राजस्थान भ्रमण अवलोकनमा निस्किएका थिए । राजस्थान मोडेलको खेती अन्तर्गत कोशी गाउँपालिका–५ का स्थानीय किसान असगर अली दुई बिघा जग्गामा कागतीको नमुना खेती गरिरहेका छन । बालुवामय जग्गामा गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा नमुना कागती खेती गरेको उनले बताए । उनीसँगै स्थानीय सहाबुद्दिन, जलाउमुद्दिन लगायत ५ बढी किसानले नमुना कागती खेती गरिरहेका छन । यसैबीच कृषि शाखा कोशीका नायव प्राविधिक सहायक सुनिलकुमार साह सहितले बगरमा लगाएको कागती खेतीको आईतबार अनुगमन गरेका छन् । साहले कोशीमा १५ हेक्टरमा कागती खेती लगाएको र केही लगाउने तयारीमा रहेको अनुगमनका क्रममा कृषकले बताएको जनाएका छन् । साहले किसानको परिश्रम र लगनशिलताले कागती सम्भव भएको र त्यसमा कोशीका अध्यक्ष ऐयुव अंसारीको ठूलो योगदान गरेको बताए ।
त्यसैगरी जनता समाजवादी पार्टीका नेता देवकृष्ण यादव –(गोवर्धन)ले अलीको कागती खेती निरिक्षण गरे । यादवले जस्ले सहयोग गरेपनि कोशीका लागि राम्रो काम भएको बताए ।
किसान अलिले अनुगमन तथा निरिक्षणमा आएकालाई सुनाउदै भने , राजस्थान भारतकै सबैभन्दा ठूलो बालुवानै बालुवा भएको मरुभूमि क्षेत्र भएको र त्यस क्षेत्रमा बसोबास गर्नेहरूको जीविका र कृषि अन्नबाली उत्पादनबारे बुझ्न १० दिने भ्रमण गरेर फर्केको टोलीमा म पनि थिए । त्यहाँ आफूहरूले कृषिविज्ञहरूसँग अन्तरक्रिया पनि गरेको बताए । त्यहाँका कृषक र कृषिविज्ञहरूले दिएको सुझावको आधारमा कोशी गाउँपालिकाका कृषकहरूले राजस्थान मोडेलअनुसार कागती खेती सुरु गरेको गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले बताए । उनले कागतीको नयाँ मोडल कोशी गाउँपालिकाका कृषकका लागि प्रभावकारी बन्दै गएको समेत बताए ।
किसानले एकल प्रयासमा करिब ६ सय बिघा जग्गा पूर्वअवस्थामा फर्काए पनि २५ सय बिघा जग्गा बालुवामय अवस्थामा थियो । बाढीले हजारौं किसान प्रभावित भएकोमा हालसम्म पूर्वअवस्थामा फर्कन सङ्घर्षरत रहेको अध्यक्ष अन्सारीले बताए ।
उनले भने, ‘कोशी गाउँपालिका क्षेत्रका किसानको जीवनस्तर उकास्न एकल प्रयास पूर्ण नहुने भएकोले प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक छ ।’ गाउँपालिकाले किसानलाई पूर्वअवस्थामा फर्काउनका लागि कृषि क्षेत्रमा अध्यक्ष कृषि आधुनिकीकरण र व्यावसायीकरण गर्न लागेकोले सोही अनुसार योजना बनाएको उनको भनाइ छ ।
उनले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणसँगै गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने योजना अघि सारेको छु ।’आफूलाई जनताले विश्वास गरेर निर्वाचित गराएको हुँदा नेता बन्ने तर, जनता नबन्ने परिपाटी अन्त्य गर्न आफूले अध्यक्ष कृषि आधुनिकीकरण कार्यक्रम ल्याएको उनले दाबी गरे । उनले उक्त कार्यक्रम कार्यान्वयन गर्न जनप्रतिनिधिले मात्र लागेर सम्भव नुहने भएकाले सबै पक्षको साथ र सहकार्यको अपेक्षा गरेको बताए ।
कोशीको तटबन्ध फुट्दा सुनसरीको साविकका श्रीपुर, हरिपुर, पश्चिमकुशाहा र लौकही गरी चारवटा गाविसका ३५ हजार घरपरिवार बाढीबाट प्रभावित भएका थिए । ती क्षेत्रमा अहिले पनि सयौं बिघा जग्गा बाँझो र बालुवामय रहेको छ ।
भारत राजस्थानका कृषिविज्ञहरूले दिएका सुझावअनुसार कम लगानीमा कागती खेती गर्नसके कोशी क्षेत्रका किसानको जीवनस्तर उकास्न सहज हुने गाउँपालीका अध्यक्ष अन्सारीको भनाइ छ । उनले भने, ‘गएको आर्थिक वर्षको तथ्याङ्क हेर्दा अर्बौं रुपैयाँको कागती भारतबाट आयात भएको छ । त्यसैले कोशी क्षेत्रमा कागती खेतीलाई प्राथमिकतामा राखेका छौं ।’ उत्पादन गरिएका कागती, ड्रागन फ्रुट, लौका, अनारले नेपालमा बजार पाउन सक्ने बताए । खेती गरिएको जग्गा घेराबेरा गर्न, जनावर आतङ्क रोक्न आवश्यक रहेको अन्सारीको भनाइ छ ।