इन्टर्नसिप बाँकी रहेका विद्यार्थीलाई आवेदन दिन आह्वान – Nagarikabhiyan : National News

इन्टर्नसिप बाँकी रहेका विद्यार्थीलाई आवेदन दिन आह्वान

काठमाडौँ । सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।

सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्नका लागि आवेदन दिन सक्ने छन् । मन्त्रालयद्वारा जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ ।

लामो समयदेखि विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले इन्टर्नसिपको माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए । उनीहरुले इन्र्टसिपका लागि आफूले अध्ययन गरेको मुलुकमा फर्कन पाउनुपर्ने नभए यहीँ इन्र्टसिप गर्ने व्यवस्था मिलाइदिन सरकारलाई दाबाब दिँदै आएका थिए ।