वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी
१२ आश्विन २०७८, मंगलवार १४:२७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।
सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको पुन निकट स्रोतले बतायो।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ। ४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया