काठमाडौँभित्र आजदेखि एष्ट्राजेनेकाको पहिलो डोज दिइँदै
११ आश्विन २०७८, सोमबार १६:०१
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज दिँदैछ । महानगरले ३२ वटै वडाका खोप केन्द्र र सातवटा अस्पतालबाट खोप दिइने जनाएको छ ।
त्यसबाहेक अन्य सात स्थान पनि खोप केन्द्रका रुपमा ताकिएको छ । तीमध्ये नेपाल प्रहरी अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल रत्नपार्क, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली र विरेन्द्र सैनिक अस्पताल छाउनीमा पनि खोप लगाइने छ ।
खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र र विद्युतीय दर्ताको नम्बर अनिवार्य गरिएको छ । काठमाडौँका अन्य नगरमा भने आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइँदैछ । खोप कार्यक्रम तीन दिनसम्म चल्ने छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया