सकियो प्रतिनिधिसभा बैठक, के-के भयो निर्णय ?
११ आश्विन २०७८, सोमबार १५:२४
काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अर्को बैठक आगामी असोज १४ गते बिहीबार दिनको १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभा बैठक चलेको थियो ।
सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको विद्येयक प्रमाणिकरणको पत्र पढेर सुनाएका थिए । आर्थिक विद्येयक–२०७८ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७८ राष्ट्रियसभाबाट पारित भएको संसदलाई जानकारी गराइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया