सुनसरीबाट एक वर्ष कमको कैद भुक्तान गर्न बाँकी रहेको १४ जना रिहा, ७ जना बालक पनि रिहा
३ बैशाख २०७७, बुधबार १०:१०
सुनसरी । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानका क्रममा रहेका एक वर्ष कमको कैद भुक्तान गर्न बाकी रहेका १४ जना कैदी रिहा भएका छन । सरकारले घोषणा गरेको लकडाउनको अवधिमा १४ जना कैदी र ७ जना बालक पनि रिहा भएका छन् ।
कैदीहरुबाट ६ वर्ष दुई महिना कैद बराबरको रकम पाँच लाख ७८ हजार २०० रुपियाँ तिरेकाले १४ जना कैदी रिहा भएका हुन । त्यसैगरी अदालतले क्षतीपुर्ती वापत ४१ हजार रुपियाँ , जरिवाना ५२ हजार रुपियाँ असुल गरेको सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नरेन्द्रकेसरी पोखरेलले जानकारी दिनुभयो ।
बालबालिकाहरुको १९ मुद्धामा रिहाका लागि निवेदन आएकाले ७ जना बालबालिकाहरु रिहा भएका छन् । गम्भिर प्रकृतिका घटनामा परेका बालबालिकाहरुलाई भने रिहा नगरिएको बताइएको छ ।
यसैबीच सुनसरी जिल्ला अदालत इनरुवामा लकडाउनको अवधी चैत ११ गतेदेखी बैशाख ३ गतेसम्ममा १९ अभियोग पत्र , २ वटा पक्राउ पुर्जी , ७ वटा जरुरी पक्राउ पुर्जी र ४९ म्याद थप गरिएको अदालतका श्रेष्तेदार नरेन्द्रकेसरी पोखरेलले जानकारी दिनुभयो । लकडाउन सुरु भएको चैत ११ देखी हालसम्म बन्दीप्रतेक्षीकरणका कुनै निवेदन नआएको जनाएको छ ।
अदालतको फकर प्रसंगमा अदालतका आठ जना न्यायधिश र ११५ जना कर्मचारीको तलबबाट चार लाख पाँच हजार रुपियाँ केन्द्रिय कोरोना राहत कोषमा जम्मा गरेको छ । विश्व नै कोरोनाको महामारीमा परेको र देशभरी कोरोनाको त्रास रहेकाले न्यायधिश र कर्मचारीको तलबबाट कुल चार लाख पाँच हजार रुपियाँ केन्द्रिय कोरोना राहत कोषमा जम्मा गरेको अदालतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया