यस वर्ष नेपालकाे आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने: एडीबी
६ आश्विन २०७८, बुधबार १६:४९
काठमाडाैं । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेकाे छ । बैंकले बुधबार सार्वजनिक गरेकाे प्रक्षेपण अनुसार नेपालमा याे वर्ष आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ ।
यता सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेकाे छ । घट्दै गएकाे काेभिड १९ संक्रमण र बढ्दै गएकाे आर्थिक गतिविधीले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया