करेन्ट लागेर महिलाको मृत्यु – Nagarikabhiyan : National News

करेन्ट लागेर महिलाको मृत्यु

राजविराज ।  सप्तरीको हनुमाननगर कंकालनीमा करेन्ट लागेर आज एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ७ बनिया टोल बस्ने श्याम गुप्ताको ४५ बर्षिय श्रीमती राजदेवी गुप्ता रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आफ्नै घरको कल(टुयवेल)मा जडान गरिएको मोटरको तारबाट गुप्तालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा ल्याउदै गरेको अवस्थामा बाटो नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।