स्वास्थ समाग्री प्रदान – Nagarikabhiyan : National News

स्वास्थ समाग्री प्रदान

राजविराज । सप्तरीमा बढी रहेको कोरोना भाइरसमा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा अपनाउनका लागि अस्पताललाई सेभ द सप्तरीले आज स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको साँझेदारीमा राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पताललाई कोरोना भाइरसबाट स्वास्थ्यकर्मीहरुलाई बचनका लागि साइनिटाइजर,स्पयर,पिपिई,गल्पस,माक्स,हाइजिङगकिट लगायतका बिभिन्न स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको सेभ द सप्तरीका सुपरभाइजर मोनिका मिश्रले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य सामग्री सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले अस्पतालका मेडिकल सुपरिटेन्ड रंजित कुमार झालाई प्रदान गर्नुभयो ।

करिब रु ४९,९४६ रुपैया मुल्यबराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको जनाइएको छ ।

स्वास्थ्य समाग्री बितरण कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव , फिल्ड अधिकृत बिष्णुकान्त देव , अधिकृत बिदया मण्डल, स्वास्थ्य सुपर भाइजर मोनिका मिश्र,मनिता घिमेरै लगायतका उपस्थित रहेको थियो ।