सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो – Nagarikabhiyan : National News

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार एक सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ६५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११७० मा कारोबार भएकोमा आज घटेर तोलामा ११५० कायम गरिएको महासंघले जनाएको छ ।