इजरायलमा रोजगारीका लागि २ हजार ३९ जनाले निकाले नाम
२९ भाद्र २०७८, मंगलवार १५:५०
इजरायलमा रोजगारीका लागि जान ईच्छुक भई सोमवार भाषा परीक्षा दिएका मध्ये १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरि २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका छन् । विभागले हिजो लिएको परीक्षाको नतिजा आज नै प्रकाशित गरेको हो ।
हिजो काठमाडौं उपत्यकाका १६ वटा परीक्षा केन्द्र मार्फत लिइएको अंग्रेजी भाषाको लिखित परीक्षामा ६ हजार ३ सय ९७ जना सहभागि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया