बढ्यो सुन चाँदीको मूल्य – Nagarikabhiyan : National News

बढ्यो सुन चाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार  भएकोमा आज ३०० रूपैयाँ बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।