गण्डकी प्रदेशमा थपिए ३२ जना नयाँ कोरोना संक्रमित – Nagarikabhiyan : National News

गण्डकी प्रदेशमा थपिए ३२ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा शनिवार बिहान थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परीक्षणमा ३ जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

बाग्लुङका ८, स्याङ्जाका २२ र पूर्वी नवलपरासीका २ जनामा संक्रमण देखिएको डा. विनोद विन्दु शर्माले बताए ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको शर्माले बताए । यसमध्ये हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित भने आईसोलेसनमा बसिसकेका छन् ।