महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा – Nagarikabhiyan : National News

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् ।वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् । पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरे । यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन्।