सन्ताउन युवा क्लव(५७ टोली) को भेटघाट कार्यक्रम सम्पन्न
२० भाद्र २०७८, आईतवार १८:०३
इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका युवाहरुलाई भेला गरी सन्ताउन युवा क्लव(५७ टोली) को भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । क्लवले विकास र सुशासनको पक्षमा अन्तरकृया सहित इनरुवामा खेलकुदको विकास, अस्पताल सुधार ,शिक्षामा सुधार, विकासमा युवाको सहभागिता र कुलतबाट बचाउन खेलकुदको आयोजना सहितमा जोड दिएको छ ।
५७ टोलीको भेटघाट कार्यक्रममा सनिबार सहभागि युवाहरुले एक आपसमा आफूहरुको बीचको सिकाई आदानप्रदान सहित सामाजिक कार्य गर्ने निर्णय गरेको छ । ५७ टोलीले सार्वजनिक स्थान र अस्पताल सहितको ठाउँमा स्तनपान कक्ष निर्माण गर्ने भएको छ । विकासको पक्षमा रहेको र युवाहरुलाई नेतृत्व विकास गर्ने सहितको काम गर्दै आएको ५७ टोलीले ठाउँठाउँमा स्तनपान कक्ष निर्माण गर्ने भएको ५७ टोलीको भनाई छ ।
अध्यक्ष सिताराम चौधरी, उपाध्यक्ष पुजा साह, सचिव सत्य यादव, सह सचिव अजय देव, कोषाध्यक्ष विकेश मेहता, सदस्य मिन्टु खाँन, विवेक साह, जिवन मेहता, रामु साह, सोनी यादव, डा.शशी साह, डा. राजेश यादव सहितको उपस्थिती रहेको थियो । क्लवले सामाजिक उतरदायित्व अन्तरगत राहत वितरण, निशुल्क आखा शिविर, बन्दाबन्दीको पूर्व भोकाहरुलाई निशुल्क खानाको व्यवस्था, मानव कल्याण सहितको छलफल गर्दै सम्पन्न गरेको जनाएको छ । कार्यक्रमका प्रमुख अथिति राजन मेहताले सन्ताउन युवा क्लव(५७ टोली) को लोककल्याणकारी कामले आफू प्रभावित भएको बताए । मेहताले युवाहरु देशको कर्णधार भएकाले युवाहरुलाई सबै खाले सहयोग गर्ने र युवाहरुको सहयोग आफूलाई पनि चाहिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया