अस्पातल सुधार सर्घष समितिद्धारा आन्दोलनको घोषणा, असोज ५ गतेदेखी अनसनको तयारी
१९ भाद्र २०७८, शनिबार १७:४३
सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको गहनाको रुपमा रहेको इनरुवा अस्पतालमा देखिएको बेथिति अन्त्य सहितको सुधारको माग गर्दै अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । इनरुवा नगर सुशासन अभियान अन्तरगत इनरुवा अस्पताल सुधार संघर्ष समितिले १५ दिनभित्र अस्पतालमा सुधार नभए अनसन सहितको आन्दोलनको कार्यक्रम गर्ने निणर्य गरेको छ । एकवर्षदेखी शान्ती पूर्ण आन्दोलन , ज्ञापन पत्र बुझाउनेदेखी पटक पटक धर्ना दिनेसम्मको सर्घषका कार्यक्रम गर्दा समेत सुनुवाई नभएको भन्दै अन्तिम सर्घषको तयारीमा जुटेको समितिले जनाएको छ । इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिपचन्द साहुको अध्यक्षतामा बसेको वृहत विस्तारित बैठकले हालसम्मको कार्यक्रम र सर्घषको समिक्षा सहित नगर प्रमुख राजन मेहताले बैठकमै केही पछि मात्रै केही गर्न आग्रह गरेकाले समितिले १५ दिनभित्र अस्पतालमा मागहरु सुनुवाई र सुधार नभए अनसनसम्मको आन्दोलनको कार्यक्रम गर्ने निणर्य गरेको हो । इनरुवा अस्पताल सुधारका लागि आवाज उठाईरहेका संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार सनिबार बैठक बसेर सो निर्णय गरेको हो । समितिले सो निर्णय र सर्घषको औचित्य बारेमा अस्पताल समिति, प्रशासान कार्यालय सहित सुरक्षा निकायलाई जानकारी दिने र त्यसो गर्दा समेत सुनुवाई नभै असोज ५ गतेदेखी एक हप्ता इनरुवाको लोकतान्त्रिक चौकमा धर्ना र अनसन कार्यक्रम गर्ने निर्णय गरेको छ ।
सुधार अभियानको मुख्य एजेण्डा अस्पतालमा सुधार नभएसम्म संघर्ष समितिको सक्रिय भूमिका रहने बताएको छ । नगरभरीका वडास्तरीय समितिलाई थप सकृय पार्ने, एक टोलबाट कम्तिमा २० जना ल्याउने र हजार बढीको संख्यामा अनसन बस्ने तयारी गरेको समितिका सचिवालय सदस्य धनिकलाल खत्वेले जानकारी दिनभयो ।
इनरुवा अस्पताल सुधार संघर्ष समितिका इनरुवा ९ संयोजक देवकृष्ण मेहताले एक वर्ष अघि २५ बुदें माग राख्दै अस्पताल प्रशासन, इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र १ नम्बर प्रदेशका मुख्यमन्त्री सहित विभागिय मन्त्रीलाई ज्ञापन पत्र बुझाएकोमा कुनै सुनुवाई नभएकाले समिति सहित नागरिक समाजका अगुवाहरुले आन्दोलन रोजेको बताउनुभयो ।
मेहताका अनुसार २५ बुदें मागलाई कार्यान्वयन गर्नका लागि अस्पताल सुधार संघर्ष समितिले अनसन सहित धर्ना कार्यक्रम तय गरेको हो । अस्पताल सुधार अभियानलाई निरन्तरता दिँदै अगाडि बढ्ने समेत बताउनुभयो । अस्पताल सुधार संघर्ष समितिले उठाएको २५ बुँदे मागलाई यथासिघ्र सम्वोधन हुनुपर्ने अडान राखी आन्दोलनलाई तिब्रता दिँदै अगाडि बढने समेत संघर्ष समितिका पदाधिकारीहरुले बताएका छन ।
अस्पताल प्रशासनलाई बिभिन्न समयमा अल्टिमेटम दिएको र सोको सुनवाई नभएपछि आफूहरुले दवावमूलक कार्यक्रमबाट अघि बढिरहेने जनाए । बैठकले इनरुवा अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न केही महिनादेखी गरेको संघर्ष कार्यक्रमबाट सुनुवाई नभएकोले वृहत अनसन धर्ना सहितको कार्यक्रम गर्ने तयारी गरेको समितिका संयोजक साहुले बताउनुभयो ।
इनरुवा अस्पताल ५० सैयाको भएपनि सुविधा ५ बेडको जस्तो समेत नभएको भन्दै समिति आन्दोलनमा उत्रेको साहको भनाई छ । स्वास्थ्य सेवा प्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै संघर्ष समितिले अस्पताल समस्या समाधान गर्न अस्पताल प्रशासनलाई दबाव दिदै आन्दोलनमा उत्रेको हो ।
अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन अल्टिमेटम सहितको ज्ञापन पत्र अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारी , प्रदेश मूख्य मन्त्री र मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउदाँ समेत सुनुवाई नभएकाले अनसन गर्न लागेको समितिका ज्ञानदेव पंडितले बताउनुभयो । समितिले २५ बुदे माग राख्दै पहिलो चरणको ४ वटा कार्यक्रम सम्पन्न गरेको छ भने दोस्रो चरणको कार्यक्रम पनि सम्पन्न गरी तेस्रो चरणको सर्घषका कार्यक्रम सुरु गरेको हो । समितिले आन्दोलनलाई सार्थक पार्न इनरुवाको १० वटै वटामा संघर्ष समिति गठन गरेको छ । हजार बढीको सहभागितामा वृहत प्रदर्शन गर्दै अनसन धर्ना सहितको कार्यक्रम तय गरेको संयोजक साहुले जानकारी दिनुभयो ।
साहले अस्पतालमा मौलाएको बेतिथि प्रति ध्यानाकर्षण भएको भन्दै अस्पतालमा कर्मचारीको मनोमानीसँगै अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, ल्याव सेवा प्रभावकारी नभएको, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुका साथै औषधी उपलब्ध नहुने र बिमा कार्यक्रम निस्प्रभावी भएको आरोप लगाउनुभएको छ ।
व्यक्तिगत स्वार्थमा लिप्त कर्मचारीलाई कार्वाहीको दायरमा ल्याउने ठोस योजना सहितको दीर्घकालिन समाधान निकाल्न समेत अस्पताल प्रशासनलाई सुझाएका थिए । समितिले विषेशज्ञ सेवा सहितको सुविधा दिनुपर्ने, अस्पतालको सबै खर्च र आम्दानी सहितको विवरण सार्वजनिक गर्नुपर्ने, ल्याब २४ घण्टे सञ्चान गर्नुपर्ने, ब्लडबैक सुरुवात गर्नुपर्ने, अल्ट्रासाउण्ड नियमित हुनुपर्ने सहितका २५ बुदे माग राखेको छ । अस्पतालमा देखिएको समस्या र खिचातानी सहित सुधार र आवश्यक सहयोग माग राखेको समितिका सल्लहकार नविनचन्द साहले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीले अस्पताल सुधारको सवालमा आफु लागिपरेको बताउनुहुदै सबैको साथ र सहयोग नपाएकाले समस्या समाधान गर्न भने केही ढिलो भएको बताउनुभयो ।
https://www.facebook.com/jaykrishna.yadav.31/videos/834628440556798

फेसबुकबाट तपाईको प्रतिक्रिया