सुनको भाउ बढ्यो तर चाँदीको घट्यो
१८ भाद्र २०७८, शुक्रबार १२:४७
काठमाण्डौ । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।
सुन तोलामा एक सय रुपैयाँ बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।
आज चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया