लायन्स क्लब अफ काठमाडौँ मातृभूमिको ८ औं वार्षिक साधारण सभा सम्पन्न
११ असार २०७७, बिहीबार २०:००
काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ मातृभूमिको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ काठमाडौँ मातृभूमिले आफ्नो आठौं वार्षिक साधारण सभा रोयल एम्पायर होटेलमा सम्पन्न गरेको हो । असार ६ गते शनिबार भएको साधारण सभाले लायन गिरिश शाहलाई लायन बर्ष २०२०/२१को लागी क्लबको नऔँ अध्यक्षको रूपमा निर्वाचित गरेको छ ।
क्लबको लायन वर्ष २०१९/२० का अध्यक्ष लायन नवराज सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अभिभावक लायन्स अन्त्रास्ट्ररिय जिल्ला ३२५ बि २ का गवरर्नर लायन अनुप कुमार पाहरि, लायन्स मातृभुमी का पुर्ब अध्यक्ष लायन कबिराज सिपखान, लियो मातृभुमीका संस्थापक अध्यक्ष लियो सरोज महतो , लियो जिल्ला परिशद का काठमाडौं छेत्र संयोजक लियो सुशील महतो, लियोका पूर्वअध्यक्ष लियो लायन क्षितिज कार्कि, लियो मातृभूमि का अध्यक्ष लियो सन्जय बिक्रम अधिकरि र मातृभुमीका प्रोजेक्ट ब्लड फर नेपालबाट लियो दिपेस मेहता र लियो नेहा झाले आ–आफ्नो धारण राखेका थिए ।

साथै मुख्य अतिथी एरिया ३२५ बि टु का जिल्ला गभर्नर ज्युले शुभकामना र बधाई दिएका थिए । मातृभुमी लायन्स नेपालको अझ उत्कृष्ट लायन्स क्लब बनाउने अभियान जारी रहेको र एउटा बलियो संस्था बनाउने कुराहरु आफ्नो मन्तब्यमा क्लबका अध्यक्ष लायन नवराज सिल्वालले जोडे।
साधारण सभाले लायन क्षितिज कार्कि, लायन सन्जोग उप्रेती र लायन बिबेक कुमार ठाकुरलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । क्लबका राजदुत अर्थात क्लब अम्ब्यासडरमा लायन प्रियंन्का यादव, क्लबको महा सचिवमा लायन सन्तोष ढकाल, कार्यकारी सचिवमा लायन उस्मिता थापा तथा कोषाध्यक्षमा लायन मनिता छेत्री नियुक्त भएका छन् । लायन बिबेक थापा सह सचिव र सह – कोषाध्यक्षमा लायन आशिष् गुरुङ मनोनयन भएका छन् ।
साधारण सभा सामाजिक दुरिलाई मध्यनजर गर्दै सम्पन्न भएको थियो। लायन्स क्लब २१६ भन्दा बढी मुलुकमा र नेपालमा मात्र ३५००० भन्दा बढि लायन भएको र लायन्स क्लबले सामाजिक कार्यमा सधैं सक्रिय भएर लागि रहेको छ । कुनै पनि बिपतमा पीडित नागरिकलाई उद्धार, राहत र बास स्थानको ब्यवस्था साथै बिभिन्न चाडपर्बमा काम गर्दै आएको यस करोनाको महामारीमा पनि धेरैको चुल्हो बल्न मद्दत गर्दै आइरहेको छ भनेर मातृभुमीका सल्लाहकार लियो सरोज महतोले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया