नागरिकता विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै आज पाँचौं दिन पनि जसपाद्धारा जनकपुरमा विरोध प्रदर्शन
११ असार २०७७, बिहीबार १९:५८
जनकपुरधाम । नागरिकता ऐन संशोधन विधेयकको विरोधमा आज (बिहीबार) जनकपुरधाममा पाँचौं दिन पनि विरोध प्रदर्शन गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले नागरिकता विधेयकप्रति असहमति जनाउँदै स्थानीय जनकचोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’,‘केपी ओली सरकार राजनीमा दे’,केपी ओली तेरो पाराले दुः ख पायो साराले,महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर, केपी ओली मुर्दावाद,रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन, विभेदकारी नागरिकता खारेज गर,मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।
प्रदेशसभा सदस्य समेत रहेका जसपाका नेता रामअशिष यादव,शेषनारायण यादव,धिरेन्द्र बहादुर सिंह,ज्ञानेन्द्र झा ज्ञानु,सतिश लाल दास,रामबिनोद पप्पु,संजय साह,सदाशिव मिश्रा,पशुपति यादव,रामजी राय,नेतृहरु विभा ठाकुर,विन्दु ठाकुर,सुन्तली थापा,पुनम झा मैथिली सहितको अगुवाईमा सडक जाम गर्दै विरोध गरिएको थियो ।
नेकपाले ७ वर्ष पछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरेको र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया