ब्राउण्ड सुगरसहित एक युवक पक्राउ
१६ भाद्र २०७८, बुधबार १९:४४
राजविराज । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ बाट ब्राउण्ड सुगर अवेैध लागू औषध सहित एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोही वडा योगिनियाका अन्दाजी २५ बर्षिय धिरु भनिने धिरेन्द कुमार यादव रहेको इलाका प्रहरी कायालय हनुमाननगरले जनाएको छ ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले यादवको घरमा छापामारी गर्दा १ सय २५ ग्राम ब्राउण्ड सुगर लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा सो लागूऔषध सहित उनलाई पक्रउ गरिएको छ ।
यता पक्राउ परेका लागूऔसध ब्राउण्ड सुगरसहित यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ भने घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कायाृलयले जनाएको छ ।
पछिल्लोपटक सप्तरी संग जोडिएका नेपाल –भारत सिमावर्ती नाकाहरुमा लागूऔषध ओसार पसार हुने क्रम बढेको छ । –––

फेसबुकबाट तपाईको प्रतिक्रिया