भदौ १४ गते सोमबार सार्वजनिक बिदा
११ भाद्र २०७८, शुक्रबार १०:१८
देवानगंज । नेपाल सरकारले यही भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । अघिल्ला वर्ष सरकारले श्रीकृष्ण जन्माष्टमीको बिदा कटौती गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया