पोखरेल र लम्साललाई सम्मान
५ भाद्र २०७८, शनिबार १८:५५
सुनसरीको इटहरीमा प्रगतिशिल लेखक संघ नेपाल सुनसरीले दुई जनालाई सम्मान गरेको छ । प्रलेसंघद्वारा सनिबार इटहरीमा आयोजित कार्यक्रममा कवि,निबन्धकार तथा समालोचक स्व.उपेन्द्र बस्नेत(पागल)द्वारा रचित प्रकाशन हुन बाँकि ४१ कबिता“ पागल का प्रतिनिधि कबिता“ संग्रह विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पागलकी धर्म पत्नि बृन्दा बस्नेत र परिवारका सद्स्यहरुलाइ समेत आमन्त्रण गरि बिमोचनसगै श्रष्ठा कृष्णबिनोद लम्साल र बिमला पोखरेललाइ सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा जनप्रतिनिधि सहित साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया