बबियाका पशु किसानलाई कुटी काट्ने मेसीन – Nagarikabhiyan : National News

बबियाका पशु किसानलाई कुटी काट्ने मेसीन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाका किसानलाई कुटी काट्ने मेसीन वितरण गरेको छ ।

वडाका ५० जना किसानलाई ७५ प्रतिशत अनुदानमा कुटी काट्ने मेसीन वितरण गरेको हो । यहाँका गाई र भैसी पालक किसानलाई एक एक थान कुटी काट्ने मेसीन वितरण गरेको वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले जानकारी दिनुभयो ।

मंसुरीका अनुसार अघिल्लो वर्षमा पनि केही किसानलाई कुटी काट्ने मेसीन वितरण गरीएको थियो ।