डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो – Nagarikabhiyan : National News

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

काठमाडौँ । काठमाडौंको डिल्लीबजार चारखालस्थित कारागारको पुरानो भवन भत्किएको छ । शुक्रबार साँझ डिल्लीबजार कारागारको मुख्य भवन छिर्ने गेटसँगै रहेको पुरानो भवन भत्किएको हो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त कारागारको पुरानो भवन केही दिनदेखि परेको वर्षाका कारण भत्किएको प्रहरीले बताएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

भवन भत्किँदा केहीबेर सडक अवरुद्ध भएको र एक्स्काभेटर प्रयोग गरी बाटो खुलाइएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।कान्तिपुर दैनिकबाट