नागरिकता विधेयक छिटो पारित गर्न माग – Nagarikabhiyan : National News

नागरिकता विधेयक छिटो पारित गर्न माग

काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयक छिटो पारित गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले भने, ‘संसदमा पेश भएको नागरिकता विधेयकको प्रतिवेदनको स्वामित्व लिएर तुरुन्तै पास गरोस्। अध्यादेश ल्याउँदा पनि नहुने विधेयक पनि पारित नगर्ने ?’ उनले भने।

सांसद केदार सिग्देलले भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न माग गरे।

सिन्धुलीका सांसद गणेश पहाडीले संसदले संविधान संशोधन गरेर चुच्चे नक्सा पारित गरेको स्मरण गर्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न सरकारको ध्यानाकर्षण गराए।