अटो रिक्सा चढेर घर गए मन्त्री आचार्य – Nagarikabhiyan : National News

अटो रिक्सा चढेर घर गए मन्त्री आचार्य

काठमाडौं । मन्त्री पदबाट मुक्त भएपछि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य अटोरिक्सामार्फत घर फिर्ता भएका छन् ।

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया समेत शुरू भइसकेपछि उनले मन्त्री क्वार्टर छोडेर फिर्ता भएका हुन् ।

नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि कानुनमन्त्री आचार्यलाई कमर्चारीले बिहीबार बिहान मन्त्रालयबाट बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा उनले प्रदेशले ल्याएको सञ्चार विधयेकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए ।

बिदाइ कार्यक्रम सकिएपछि सरकारी गाडी छोडेर आचार्य अटो रिक्सा चढेर मन्त्रालयबाट बाहिरिएका हुन् । अर्घाखाँचीबाट निर्वाचित एमाले सांसद आचार्यलाई मुख्यमन्त्री पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए ।