एमाले बनेका जनप्रतिनिधिको पद सर्वाेच्चले गरिदियो थमौति
२१ श्रावण २०७८, बिहीबार १७:३३
काठमाडौं । सर्वाेच्च अदालतले स्थानीय तहमा जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णय खारेज गरेको छ ।
पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका केही जनप्रतिनिधिहरुको पद माओवादी केन्द्रले खोसिदिएको थियो । त्यसको विरुद्धमा सर्वाेच्च अदालतका गएका जनप्रतिनिधिहरुलाई उनीहरुकै पक्षमा सर्वाेच्चले फैसला दिएको हो ।
न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न दिएको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी माग तत्काल अश्वीकार गरिएको हो ।
अदालतले प्रचण्डले विपक्षी बनाएका २१ जना जनप्रतिनिधिलाई मुद्दाको सूचना दिने आदेश गरेको छ ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।
पदमुक्त भएका जनप्रतिनिधिहरूलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष प्रचण्ड अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका थिए ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका १४ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए ।
उनीहरू सबैलाई अदालतले पुनर्वहाली गरेकाले सो अन्तरिम आदेश खारेजीका लागि प्रचण्ड गएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया