युवक मृत फेला
२० श्रावण २०७८, बुधबार २०:१७
राजविराज । सप्तरीमा एक दलित युवकको रहस्यमय अवस्थामा बुधवार शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तरीको खडक नगरपालिका वडा न.–३ गरुराहा टोलमा स्थानीय मुक्ति रामको २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएको हो ।
मंगलबार साँझ घरबाट निसकेर बेपता भएका श्यामसुन्द सडकसँगै रहेको नालामा मृत भेटिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । घरदेखि झण्डै ५० मिटरको दुरीको नालामा फालिएको अवस्थामा शव भेटिएपछि कसैले हत्या गरेको हुन सकिने उनको परिवारजनले जनाएका छन ।
यता मृतक युवकको शव परिक्षणका लागि लहानस्थित राउ अस्पतालमा पठाइएको छ भने घटनाको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया