बिषालु सर्पको टोकाईबाट बृद्धाको मृत्यु – Nagarikabhiyan : National News

बिषालु सर्पको टोकाईबाट बृद्धाको मृत्यु

राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा बुधबार सर्पदंशबाट एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७७ बर्षीया राधा देवी मोचीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाउको छ ।

मंगलबार साँझ घरमा बसिरहेकी मोचीलाई बिषालु सर्पले टोकेका थिए । मोचीको सर्पदंश केन्द्र कल्याणपुरमा उपचारको लागि भर्ना गरिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।