तिन सय ३४ जना कैदीले कोरोना बिरुद्धको खोप लगाए
१९ श्रावण २०७८, मंगलवार २१:४२
राजविराज । सप्तरीको राजविराजस्थित कारागारमा रहेका मध्ये ३ सय ३४ जना कैदीबन्दीलाई कोरोना बिरुद्धको खोप लगाएका छन ।
कारागार कार्यालय राजविराजका अनुसार कारागारमा रहेका ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाइएको जनाइएको छ । एक सय २५ क्षमता रहेको उक्त कारागारमा हाल १३ महिलासहित ३ सय ५९ जना कैदीबन्दी राखिएको छ । कारागारका खरीदार संजिव देवले एक जना कैदीबन्दीमा संक्रमण देखिने बित्तिकै अन्य सर्न सकिने भन्दै कारागारका कैदीबन्दीलाई धमाधम कोरोना बिरुद्धको खोप लगाउन थालिएको जानकारी दिनुभयो ।
एकातिर क्षमता भन्दा तेब्बर कैदीबन्दीले साँघुरो बनेको भवन अर्कोतिर सीमित शौचालयका कारण कोरोनाको जोखिम बढेको उहाँको भनाई छ । केही दिन यता कैद भुक्तानका लागि आएका नयाँ २०÷२५ जनालाई खोप लिन बाँकी रहेकोले उनीहरुलाई पनि छिट्टै खोप दिलाउन जिल्ला स्वास्थ्य कार्यालयसँग आवश्यक पहल थालिएको कारागारले जनाएको छ । क्षमता भन्दा तेब्बर कैदीबन्दीलाई कोचाकोच गरि राख्दा व्यवस्थापन र सुरक्षा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढाएकाले कोरोना बिरुद्धको खोपलाई उच्च प्राथमिकता दिएको कारागार प्रशासनले जनाएको छ ।
यता कारागारमा कोचाकोच गरि कैदीबन्दी राखनाले सुरक्षा र व्यवस्थापनको चुनौतीसँगै सामाजिक दुरी र स्वास्थय मापदण्ड पालना गराएर राख्न समस्या हुने गरेको गुनासो पाइएको छ । –

फेसबुकबाट तपाईको प्रतिक्रिया