‘दार्चुला घटनाको सत्यतथ्य छानबिन हुन्छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ’ : गृहमन्त्रीलाई गगनको प्रश्न
१९ श्रावण २०७८, मंगलवार १५:१४
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दार्चुलाको महाकाली घटनाका सन्दर्भमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँढलाई जयसिंह धामीको विषयमा भारतीय पक्षको सहभागिता नरहेको कुरा मिडियामा आएका छ सत्य के हो ? भन्ने प्रश्न गरेका छन् ।
सांसद थापाले भने, ‘यदि मिडियामा आएको कुरा सत्य हो भने, यस्तो हो भने भारती पक्षले छानविन समितिलाई कस्तो सहयोग गर्ला ? हाम्रो छानविन समितिले सत्य तथ्य पत्ता लगाएर ल्याउछ भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?’
‘साथै उनले २०१२ मा केरेलाको तटको नजिक इटेलियन मरुवारहरुको गोलीबाट २ जना मछुवारहरुको हत्या गर्दा भारतीय सरकार तिन चार वर्ष दृढ भएर लडेको विषयलाई स्मरण गराउँदै जयसिंह धामीको सन्दर्भमा सत्यतथ्य बाहिर आएपछि जसरी भारत इटालीसँग लड्यो त्यसरी नै तरिरहेको तुहिन काटेको विषयमा नेपाल भारतसँग लड्छ भन्ने विश्वास गृहमन्त्रीले कसरी दिलाउनु हुन्छ ? ‘भन्ने प्रश्न गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया