मामाघर आएका बालकको पोखरीमा डुवेर मृत्यु – Nagarikabhiyan : National News

मामाघर आएका बालकको पोखरीमा डुवेर मृत्यु

राजविराज । सप्तरीको राजविराज नगरपालिकास्थित चनौरा रामटोलमा आज मामा घर आएका एक बालको पोखरीमा डुवेर ज्याान गएको छ ।

मुत्यु हुनेमा जिल्लाको राजगढ गाउपालिका ३ नर्घो बस्ने घुरन रामको सात बर्षिय छोरा उमेश राम रहेको प्रहरी नायव उपरिक्षक माधव काफलेले बताउनुभयो । आफ्नो मामाको घर जिल्लाको राजबिराज नगरपालिका वडा न. १ चनौरामा पाहुना आएको बेला पोखरीमा नुहाउने क्रममा उनको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवको कानुन बमोजिम मुचुल्का उठाई परिक्षणका लागी राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याएको छ । यसैबिच घटना बारे थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।