माओवादी स्थायी कमिटी बैठक बस्दै – Nagarikabhiyan : National News

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ।  सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार आजको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने नेताहरुले बताएका छन् । साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने तयारी समेत गरिएको छ। यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।

सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ। असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णत दिन नसकेको भन्दै उनको आलोचना हुन थालेको छ।