पन्ध्र जना बिपन्नलाई किराना समान प्रदान
१५ श्रावण २०७८, शुक्रबार १०:००
राजविराज । समुन्नती कार्यक्रम अन्र्तगत कोभिड १९ को मारमा रोजगारी गुमाएका १५ जना अति बिपन्न परिवारलाई खुद्रा पसल संचालनको लागि यहाँ किराना समान प्रदान गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा राजविराजमा आयोजित कार्यक्रममा लघुउधमीका अतिबिपन्न परिवारलाई नस्ता पसलसहितका खुद्रा पसल संचालनका लागि करिब रु २० हजार मुल्य बराबरको किराना समान प्रदान गरिएको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो ।

जिल्लाको राजविराज नगरपालिकासहित छिन्नमस्ता गाउँपालिका र बिष्णुपुर गाउपालिकाका १५ जना अति बिपन्न परिवारलाई खुद्रा पसल संचालनको लागि उनीहरुलाई किराना समान दिइएको कृषि प्राबिधिक साहले भन्नुभयो ।
उनीहरुलाई खनेतेल,नुहाउने र कपडा धुने साबुन,चाउचाउ,बिष्कुट,कुरमुरै,चिजवल,चना,मसुरको दाल र मुरही लगायतका किराना समान दिइएको सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारुको भनाई छ ।
लघुउद्यमीहरुले ब्यवसायिबाट गरेको आम्दानी बालबालिकाहरुको शिक्षा,स्वास्थ्य तथा आयआर्जन बृद्धि गर्ने लघुउधमीहरुले बताएका छन ।
उक्त बितरण समाहारोमा सेभ द सप्तरीका सचिव नरेन्द्र प्रसाद यादव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी ,कृषि प्रबिधिक रामकुमार साह, फिल्ड अधिकृत सत्यनारायण थारु ,मिल अधिकृत मिथलेश यादव,लोजेष्टीक अधिकृत महेश चौधरी लगायतका उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया