खानेपानीको लागि ऐन बनाउन आग्रह – Nagarikabhiyan : National News

खानेपानीको लागि ऐन बनाउन आग्रह

सुनसरीको सीमावर्ती क्षेत्र बर्जु गाउँपालिकालाई खानेपानी तथा सरसफाई सम्बन्धी ऐन बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरिएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले नागरिकको स्वास्थ्य संग जोडिएको र मौलिक हकको रुपमा रहेका सवाललाई समेटिएर खानेपानी तथा सरसफाई सम्बन्धी ऐन बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरिएको हो । विहीबार गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई गाउँपालिकाको आवश्यकता र नागरिकको सफा, स्वक्छ र स्वस्थ्य खानेपानीका लागि खानेपानी तथा सरसफाई सम्बन्धी ऐन बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरिएको महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार यस अघि सुनसरीको धरान उपमहानगरपालिकालाई समेत खानेपानी सम्बन्धी ऐन, नियम र नियमावली बनाउन आग्रह गर्दै नमुना कानुन हस्तान्तरण गरेको थियो ।
महासंघले बर्जुका अध्यक्ष चौधरीलाई एक कार्यक्रमका बीच खानेपानीलाई व्यवस्थित गर्न र उपभोक्तामैत्री काम गर्नका लागि त्यस सम्बन्धी ऐन, नियम र नियमावली बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकालाई खानेपानी तथा सरसफाई उपभोत्ता महासंघले बुझाएको नमुना कानुनको अध्ययन गरेर नगर सुहाउदो कानुन बनाउने र कार्यान्वयनमा ल्याउने अध्यक्ष चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीले बर्जुमा खानेपानीको समस्या रहेको र तीन वडा खानेपानी योजना तथा आयोजना रहेको भएपनि र खानेपानी उपभोक्ता समितिहरु भएपनि समन्वय, सहकार्य र एकिकृत योजना नहुदाँ कुनैपनि संचालनमा नआएकाले त्यसमा पनि ध्यान दिने र व्यविस्थत पार्ने प्रतिवद्धता जनाउनुभयो । वहाँले गाउँमा टुवेलमा नै खानेपानी आउने भएकाले आयोजनाको खानेपानीमा ध्यान नदिदाँ करौडोको लगानी हुदाँ समेत खानेपानी उपभोक्ता समितिहरुले संचालनमा नल्याएको गुनासो सुनाउनुभयो ।
यसैबीच स्थानीयस्तरमा योजना तर्जुमामा लैगिंक तथा सामाजिक समावेसिकरण विषयक अन्तरकृया कार्यक्रम समेत सम्पन्न भएको महासंघका जिल्ला अध्यक्ष कमला निरौलाले जानकारी दिनुभयो । वहाँले खानेपानीका लागि एकिकृत योजना निर्माण गर्न र वितरण प्रणालीलाई व्यस्थित गर्नका लागि समन्वयमा काम गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा महासंघका जिल्ला सचिव डम्बर सिग्देलले प्रत्योक योजनामा लैगिंक तथा सामाजिक समावेसीकरणलाई ध्यानमा राख्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी पालिकाका उपाध्यक्ष संगिता राय, वडा अध्यक्ष आनन्दन यादव, किसोर कुमार चौधरी, प्रमुख प्रशासयिक अधिकृत उमेश घिमिरे, कृषि शाखाका सन्तोश बन्जारा सहितकाले ैगिंक तथा सामाजिक समावेशिकरणका बारेमा बोल्नुभएको थियो ।
१, सुनसरीको बर्जु गाउपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई खानेपानी सम्बन्धी ऐन, नियम र नियमावली बनाउन आग्रह गर्दै खानेपानी तथा सरसफाई उपभोत्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले नमुना कानुन हस्तान्तरण गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा