१४ जनाको मृत्यु संगै , ३३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Nagarikabhiyan : National News

१४ जनाको मृत्यु संगै , ३३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४ हजार २४२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३६५ जनामा कोरोना देखिएको हो। त्यस्तै, आज कोरोनाबाट १४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३७३ जना निको भएका छन्।