केरा पकेट सञ्चालक समिति गठन – Nagarikabhiyan : National News

केरा पकेट सञ्चालक समिति गठन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत बबिया केरा पकेट सञ्चालक समिति गठन भएको छ । एक स्थानीय एक पकेट क्षेत्र कार्यक्रम अन्तर्गत इनरुवा नगरपालिकामा पनि केरा पकेट परेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उरावँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले केरा पकेटमा आवद्ध हुन कृषक समूह, सहकारी तथा कानुन अनुसार दर्ता भएका संस्थालाई आव्हान गरिएको थियो । त्यसमा इनरुवा नगरपालिकाका तीन ओटा समूह र सहकारीले आवेदन गरेका थिए । यदुवंशी बहुद्देशिय कृषक समूह, केरा तथा फलफुल कृषक समूह र बबिया कृषि सहकारी संस्थाले प्रस्ताव पेश गरेको थियो । तीन ओटै कृषक समूहलाई मिलाएर एक सञ्चालक समिति गठन गरिएको छ ।

हरिनारायण मेहताको संयोजकत्वमा ११ सदस्य बबिया केरा पकेट सञ्चालक समिति गढन भएको हो । सहसंयोजकमा ममता कुमारी यादव, सचिवमा यदुनन्दन यादव, सहसचिव रमेश कुमार मेहता रहेका छन् । सदस्यहरुमा रामकृष्ण यादव, राजकुमारी मेहता, नौशाद आलम, हिरा उरावँ, रुपा मण्डल, दुर्गादेवी खत्वे र पदेन सदस्यामा इनरुवा नगरपालिकाको स्थानिय कृषि शाखाको प्रविधिक समुना कोइरला रहनुभएको छ ।