कुखराको चल्ला नष्ट
१३ श्रावण २०७८, बुधबार १९:४६
राजविराज । सप्तरीको खडक नगरपालिका ७ बाट अबैध कुखराको चल्ला बरामद् गरि नष्ट गरिएको छ ।
भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको २ हजार ४ सय चल्ला बरामद् गरि नष्ट गरेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाइएको छ ।
यता बरामद् गरिएको चल्ला खडक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राकेश कुमार साह, स्थानीय बुद्धिजिवी र पत्रकारको रोबहरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया