बाल हिंसा गर्ने सौतेनी आमा गिरफतार – Nagarikabhiyan : National News

बाल हिंसा गर्ने सौतेनी आमा गिरफतार

सुनसरीको इटहरी उपमहानगरीका ५ की १२ वर्षिया छोरीलाई यातना र हिसा ँगर्ने सौतेनी आमालाई प्रहरीले गिरफतार गरेको छ । १२ वर्षिया छोरीलाई यातना दिने सौतेनी आमा २५ वर्षिया रेसिका राई यायाख्खालाई साउन ११ गते गिरफतार गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो । डिएसपी केसीका अनुसार बालिका हिसाँ कसुरमा मुद्धा चलाएको र म्याद थप गरी अनुशंधान सुरु गरिएको छ । रेसिकाले छोरीलाई साउन १० गते यातना सहित कुटपीट गरेको पीडित पक्षको आरोप छ । बालिकाको इटहरी अस्पतालमा सोही दिन उपचार गराएको जनाएको छ ।