सीमावर्ती क्षेत्रको बजारमा कालोबजारी
३० चैत्र २०७६, आईतवार ११:२१
देवानगंज, चैत ३० गते । सुनसरीको सीमावर्ती क्षेत्रका स्थानीय बजारहरुमा कालोबजारी र अचानक मूल्य वृद्धि भएको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका सहितका बजारमा लकडाउनको मौकामा मा कालोबजारी र अचानक मूल्य वृद्धि भएको हो ।
देवानगञ्ज सहित सुनसरीको भुटाहा, हरिनगर, साहेवगञ्ज, कप्तानगञ्ज, चिमडी , लौकही, भोक्राहा लागयतको बजारमा कालोबजारी बढेको उपभाृक्ताहरुले गुनासो गरेका छन् । लकडाउनको मौका छोपी दैनिक उपभोगय बस्तुको मूल्य दोब्बरले वृद्धी भएकाले स्थानीय मारमा परेको मध्यहर्षाहीका आषिश मेहताले गुनासो गर्नुभयो ।
मंहगी र कालोबजारीका कारणले दैनिक ज्यालादारी गर्ने देखि लिएर सर्वसाधारण समेत मारमा परेका छन । दैनिक उपभोग्य चामल, दाल, नुन, तेल, चिनि, आलु, प्याज, लगायतको समानमा मुल्य वृद्धि गरेकाले उपभोक्ता मारमा गरेको मेहताको भनाई छ ।
दैनिक उपभोग्य चामल, दाल, नुन, तेल, चिनि, आलु, प्याज, लगायतको समानमा प्रतिकेजी ५ रुपियाँदेखी २५ रुपियााँसम्म मुल्य वृद्धि गरेकाले उपभोक्ता मारमा गरेको देवनरायण मलाकारको भनाई छ ।
त्यसैगरी साबुन, माक्स, पिठोको समेत लकडाउनमा मूल्य अकासिएको छ । उता देवानगञ्ज बजारको केही व्यपारीले गोदाम समान भए पनि ग्राहक हेरी हेरी दिने र नदिने गरेको पाइएको छ । पसलेले भनेको मूल्य तिर्नेलाई सामग्री विक्री गर्ने र नदिनेलाई सामान नै नभएको भनी फर्काई दिने गरेको अर्का उपभोक्ता जुगेश दासले बताउनुभयो ।
लकडाउनको बेला दैनिक मजदुरी गरि छाक टार्नेहरु त्यसै मारमा त्यसमाथि महंगीले थिचेपछि झन समस्या भएको गुनासो गरेका छन । एकातिर लकडाउन अर्को तिरको महगीले आफूहरु मारमा परेको देवानगञ्जकी सम्झना सदाले गुनासो गर्नुभयो ।
सदाले कोरोना भाईरस भन्दा महंगी र कालोबजारी गर्ने भाइसरले झनै सताएको बताउनुभयो । कोरोना भाईरस भन्दा भोकले मर्न लागेको देवानगञ्ज १ का रामचलिचत ऋषिदेवले गुनसो गर्नुभयो ।
ऋषिदेवले स्थानीय प्रशासन र सरकारी निकाय मौन बसेकाले बजारमा कालोबजारी र अचाकली मूल्य वृद्धि भएको गुनासो गर्नुभयो । स्थानीय सरकारले विपन्नलाई राहत बाड्नुपर्नेमा त्यसको साटो कालो बाजारी गर्नेको संरक्षणमा लागेको स्थानीयबासी तथा समाजवादी पार्टीका नेता बेचन मेहताको आरोप छ । केही स्थानीयले पालिकाले ट्रकको ट्रक राहत सामग्री ल्याएको भएपनि गरिब जनताको घरमा नदिई गोदाममा राखेकाले थप मारमा परेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया