भिम रावललाई अब पर्यो अर्को अप्ठेरो – Nagarikabhiyan : National News

भिम रावललाई अब पर्यो अर्को अप्ठेरो

काठमाडौ । सांसद पदवाट राजिनामा दिएका नेकपा एमाले सुदूरपश्चिम (माधव समूह) का नेता भिम रावललाई अब अर्को अप्ठेरो परेको छ । आवेशमा राजिनामा दिएका उनको ठाउँ रिक्त रहेको सूचना संसद कार्यालयले अझै सार्वजनिक गरेको छैन । यस अर्थमा उनको राजिनामा स्वीकृत भएको छैन । सभामुखले राजिनामा स्वीकृत गर्ने कुनै कानुनी प्रावधान छैन । तर राजिनामा दिएका सांसदलाई सभामुखले फेरी एक पटक कन्फर्म गरेर मात्र ठाउँ रिक्त रहेको सूचना जारी गर्ने परम्परा छ ।

सभामुखले राजिनामा सनाखत नगरेका कारण सूचना जारी भएको छैन । यता उनका निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यले नेता प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले समेत उनलाई राजिनामा फिर्ता लिन आग्रह गरेका थिए ।

उनले माधव नेपालले गरेको गल्तीका कारण रावलले राजिनामा दिन नहुने ओलीको भनाई थियो । एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रकै सांसदको यस्तो चेतावनी आएपछि रावल अप्ठेरोमा परेका छन् ।

रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ ।