जुम्लाका सबै विद्यार्थीको हातमा किताब अनिवार्य
६ श्रावण २०७८, बुधबार ११:४९
खलंगा । कोरोना भाइरसले शिक्षा क्षेत्र अन्यौल पर्दै गएपछि अब घरमा भएपनि विद्यार्थीको हातमा पुस्तक पुर्याईने भएको छ । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक समेत किन्ने अवसर नभएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकमा जिल्लामा अव वालवालिकालाई कम्तिामा पुस्तक हातमा पुर्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सरोकारवाला निकायहरुबाट गुनासो आएपछि अब निषेधाआज्ञा कम हुदै गईरहेको समयमा कम्तिमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने आवश्यक देखिएको छ । उहाँका अनुसार वैठकले बन्द रहेका विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक पुर्याउने निर्णय गरेको हो ।
कोरोनाले विद्यालय बन्द भएपछि शैक्षिक क्षेत्र धरापमा परेको छ । कोरोना भाईरसले विद्यालय जाने वातावरण त भएन तर घरमै पनि पुस्तक पुर्याउनुपर्ने सूझाबपछि कोभिड संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको छ ।
जुम्लामा फागुनदेखी शुरु हुने शैक्षिकसत्र प्रभावित हुनुका साथै साउन लागि सक्दा पनि विद्यार्थीको हातमा किताब पुग्न नसकेके पछि पुस्तकमा लागनी गर्न पनि व्यापारीहरुलाई समस्या भएको छ ।
जिल्लाको जिपी स्टेशनरी एण्ड सप्लार्यले यस बर्ष रु २५ लाखका पुस्तक भित्र्याएको बताएको छ । पुस्तक भने बिक्री नहुने डरले अन्य लगानी गर्न नसकिएको प्रवन्धक गणेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन केही मात्रै बाँकी रहेका छन् ।
तर जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरु छुटेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जिल्ला भरी बर्षेनी रु एक करोड ५० लाखका पुस्तक आवश्यक भएपनि कोरोनका कारण विद्यालय नखुलेर बिक्री भएका छैनन् । तर घरमै भएपनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्नेमा जोड दिनुभयो । यता सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको रु १८ लाखको पुस्तक विक्रि नभएर स्टक भएको छ । स्टेशनरीका प्रवन्धक सुमन खड्काका अनुसार दुई लाख बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाई भएको बताउनुभयो । उहाँले कोरोनाले बिक्री नहुने डरले लगानी गर्न कठिन भएको जानकारी दिनुभयो ।
जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तको रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीका अनुसार जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिईसकेको हुदा अब विद्यालयले चाडै विद्यार्थीको हातमा पुस्तक पुर्याउनु पर्ने बताउनुभयो । उहाँका अनुसार केही विद्यालयले त किताब समेत किनेर लिईसकेका छन् । गाउँका विद्यार्थीहरु नत टेलिभिजन कक्षामा सहभागि हुने अवसर भएको छ नत अनलाईन कक्षा लिन पाएका छन् । जिल्लाका ग्रामिण क्षेत्रका विद्यार्थीको भविश्यका लागि पनि पाठ्यपुस्तक अनिवार्य हातमा पुरयाउनु अबको आवश्यकता रहेको छ । जुम्लामा एक सय ७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन् । गोरखापत्र बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया